भूमध्य सागरमा डुङ्गा डुब्दा ६५ जनाको मृत्यु

Posted on: 11 May, 2019

वैशाख २८ , ट्युुनिस । भूमध्य सागरको ट्युनिसियातर्फको बन्दरगाह क्षेत्रमा डुङ्गा दुर्घटना हुदाँ कम्तीमा ६५ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले दुर्घटनामा परेका मध्ये चार जनाको मात्रै शव भेटिएको र अन्यको खोजी भइरहेको जनाएको छ । 

घटनास्थलबाट अन्य १६ जनालाई भने जिवितै उद्धार गरिएको पनि नियोगका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । 

दुर्घटना भएको डुङ्गामा झण्डै ७० जना शरणार्थी र आप्रवासीहरुले यात्रा गरेका थिए । उनीहरु लिबियाबाट आउदै थिए । 

अत्यन्त धेरै दुर्घटना हुने मार्गको रुपमा रहेको सो डुङ्गा मार्गमा गत बर्ष हरेक पटक औसतमा १४ जनाको मृत्यु हुने गरेको शरणार्थी नियोगले जनाएको छ ।  रासस/एएनआई

यस बिषयमा तपाइको प्रतिक्रिया...!