बाग्लुङमा चट्याङ लाग्दा एक जनाको ज्यान गयो

Posted on: 14 May, 2019

कमल पौडेल | वैशाख ३१, बागलुङ | गल्कोट नगरपालिका वडा नं. ११ रिघा तुतुङ्गामा (साविक रिघा गाविस ४, छिचिम्रा भन्दा केहि तल) चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । 

घरको नजिकै (कुरसुलामा) घाँस काटिरहेकी ३८ वर्षिय पूर्णा श्रीसको चट्याङको कारण मृत्यू भएको वडा अध्यक्ष डम्बर श्रीसले जानकारी दिनुभएको छ । मृतकको शव पोष्टमार्टमको लागी इलाका प्रहरी कार्यालय हरिचौर लैजाने तयारी भएको छ। सोहि स्थानमा गत वर्ष पनि चट्याङ पर्दा पशुचौपाया मरेका थिए ।

त्यस्तै मध्यपहाडि लोकमार्ग अन्तरगत बडिगाड गाउँपालिका ६, मार्केमा ट्याक्सीको ठक्करवाट एकजना गम्भिर घाइते भएका छन्। घ१ज ५८२ नं. को ट्याक्सीले ठक्करदिँदा स्थानिय ५० वर्षकी कुमारी थापा घाइते भएकि हुन् । थापाको टाउको र दाहिने खुट्टामा गम्भिर चोट लागेको र बडिगाड पोलिक्लिनीकमा प्राथमिक उपचार पछि थप उपचारको लागी भैरवा पठाइएको ग्वालीचौर प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!