कारबाहीमा छ आतङ्ककारी मारिए

Posted on: 18 May, 2019

जेठ ४, कुन्दुज (रासस /सिन्ह्वा) | अफगानिस्तानको उत्तर प्रान्त कुन्दुजमा सुरक्षा अधिकारीहरुले गएराति गरेको सुरक्षा कारबाहीमा परी ६ आतङ्ककारी मारिनुको साथै अन्य चार जना घाइते भएका एक स्थानीय अधिकारीले शनिबार जानकारी दिएका छन् । 

कुन्दुज प्रान्तको प्रान्तीय राजधानी कुन्दुज शहरको उत्तरी बाहिरी इलाका अआक मस्जिद क्षेत्रमा लुकेर बसेका तालिबान  लडाकू समूहलक्षित सेनाको विशेषबलले सुरक्षा कारबाही जारी राखेका प्रान्तीय सरकारका प्रवक्ता मुतुल्लाह मुरादीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनु भएको छ । 

 तालिबान लडाकू समूह लुकेर बसेका सो स्थानमा कारबाहीको क्रममा कम्तीमा छ सदिग्ध आतङ्ककारी पक्राउ पर्नुको साथै हातहतियारहरु पनि कब्जामा लिएको र विशेष सुरक्षाबलले जानकारी दिएको छ । यस कारबाहीमा सुरक्षाबलतर्फ भने कुनै क्षति नभएको बताइएको छ । 

गत अप्रिलमा तालिबान लडाकू समूहले सरकारी कर्मचारी र सुरक्षा अधिकारी लक्षित भीषण आक्रमण शुरु गरेयता अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये २५ वटामा अझै तालिबान लडाकू समूह र सुरक्षा अधिकारीबीच भिडन्त जारी रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!