घाँटीमा हँसिया प्रहार गर्दा एक महिलाको मृत्यु

Posted on: 30 May, 2019

सम्राट सिंह | जेठ १६, बझाङ | जिल्लाको सुर्मा गाउँपालिकामा घरायसी विवाद पछि हँसिया प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ । बिहिबार साँझ सुर्मा गाउँपालिका ४ का ३४ बर्षिय लोकेन्द्र पुजाराले समान्य विवादमा सोही ठाउँकी २५ बर्षिय जुना पुजारालाई हँसिया प्रहार गर्दा मृत्यु भएको हो । 

मदिरा सेवन गरेका लोकेन्द्रले सामान्य घरायसी विवाद पछि बुहारी नाता पर्ने पुजाराको घाँटीमा हँसिया प्रहार गर्दा पुजाराको घटनास्थलमा नै मृत्यु भएको प्रहरी जनाएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरिक्षक कमल प्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा गएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!