खोटाङमा खोलामा डुबेर दुई विद्यार्थीको मृत्यु

Posted on: 01 Jun, 2019

 जेठ १८, खोटाङ । लफ्याङ र मात्तिमको सिमानामा पर्ने साप्सुखोलामा डुबेर दुई विद्यार्थीको मृत्यु भएको छ । साप्सुखोलास्थित साप्सु–कालिका हाइड्रोपावरको पावरहाउस नजिकैको दहमा डुबेर आज दिक्तेल टेक्निकल इन्स्टिच्युटमा अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको हो ।

शैक्षिक भ्रमणमा गएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी १९ वर्षीय एलिस बस्नेत र खाल्लेकै अन्दाजी १९ वर्षीय विक्रम भट्टराईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । 

घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक कटवालले जानकारी दिनुभयो । उहाँका अनुसार थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको जनाइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!