पाँचथरमा बैंककी कर्मचारीको घाँटी रेटी हत्या

Posted on: 19 Jun, 2019

कमल घिमिरे।असार४।पाँचथर, पाँचथर  को हिलिहाङ गाउँपालिकामा बैँकमा कार्यरत एक महिलाको घाटी  रेटी  हत्या भएको छ।
 एनएमबी माईक्रो फाइनान्स हिलिहाङ्ग-३, गोपेटार पाँचथरमा कार्यरत २० बर्षीय सुजता तमाङको घाँटी रेटी हत्या गरिएको अवस्थामा मंगलबार साँझ शव फेला परेको थियो ।
 हिलिहाङ्ग गाउँपालिका वडा नं. ६ स्थित एनएमबी माईक्रो फाइनान्सको २ वटा समुहको बैठक सकाएर फर्कने क्रममा सोही वडाको सिद्धेखोला भन्ने स्थानमा घाँटी रेटेर हत्या गरेको अवस्थामा लास फेला परेको हो ।
मृतक युवती  इलामको माईजोगमाई गाउँपालिका वडा नं. ५ सोयाङ्ग घर भएकी म.र.ब. क्याम्पस, इलामको स्नातक तह प्रथम  बर्षमा अध्ययनरत विद्यार्थी हुन् ।
 घटनास्थलमा रहेका जोरपोखरी प्रहरी चौकीका प्रहरी निरीक्षक कृष्ण भट्टराईले हत्या भएको अवस्थामा तामाङको शव फेला परेको जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको  प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।
अनुसन्धानपछि हत्याबारे थप कुरा भन्न सकिने प्रहरी निरीक्षक पौडेलले वताउनुभयो । घटनास्थलमा रहेका स्थानीयवासी कृष्ण मैनालीका अनुसार जंगलको वीचमा रहेको बाटोमा घाँटीमा धारिलो हतियार प्रहार भएको अवस्थामा तामाङको शव फेला परेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!