कृषिलाई व्यवसाय बनाउन दीर्घकालिन योजना बनाउछौ: कृषि विकास कार्यालय रामेछाप

Posted on: 03 Jan, 2016

प्रज्वल पौडेल/ पुस, रामेछाप । जिल्ला कृषि विकास कार्यलय रामेछापले कृषिलाई व्यवसाय बनाउन दीर्घकालिन योजना बनाउन थालिसकेको बताइएको छ । जिल्लामा ५ वटा विषयवस्तुलाई महत्वका साथ लिएर अगाडि बढ्ने कृषि बिकाश कार्यालयको योजना छ । जिल्ला विकास समितिको हलमा रेडियो रामेछापले आयोजना गरेको कार्यक्रम साझा चासोमा बोल्दै कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्लले यस्तो बताएका हुन् । उनले रामेछापलाई जुनारको जिल्ला भनेर देशभर चिनिने भएकाले जुनार खेतिलाई बढि जोड दिदै टनेलमा तरकारी खेती, अलैची, किवी, अनारलाई व्यवसायीक बनाउन लागिएको बताए । मल्लले रामेछापमा अहिले वीउ उत्पादन गर्ने स्टोर, वीउ वीजन, तरकारी खेती गर्न प्लाष्टिक टनेलको माग बढेको बताए । त्यसैगरी नेपाल ग्रामीण पुन ः निर्माण संस्थाका जिल्ला संयोजक होमराज विसूरालले आफुहरुले सञ्चालन गरेको कामको कार्यलाई बिभिन्न निकायलाई अवलोकन गराउने गरेको बताए । आफूले सञ्चालन गरेकोे कार्यक्रममले रामेछापका गेलु, चिसापानी,फुलासी,डडुवा र टोकरपुर बासीको जिविकोपार्जनमा सहयोग पुगेको दावी विसुरालले दावी गरे । उनले गैरसरकारी सस्थाहरुलाई बिकटमा जान सरकारले बाध्य पार्ने गरेको आरोप लगाउदै सुगम ठाउँमा आफुहरुलाई काम गर्न दिने हो भने झनै धेरै किसानहरुलाई राहात मिल्ने धारणा राखे । त्यसैगरी उषा किरण महिला कृषि सहकारी संस्थाका अध्यक्ष दीपशिखा दाहालले सहकारीले उत्पादन गरेको वीउ विजन जिल्ला कृषि कार्यलय मार्फत जिल्ला अन्य कृषक सामू पु¥याइरहेको बताइन् । उनले ग्रामिण भेगका किसानहरलाई बजारको अभाब रहेको बताइन् । किसानले उत्पादन गरको कुराहरुले बजार नपाउदा बिचौलीयाहरुले खेल्न पाएको बताउनुहुदै उनले यस्ता गतिबिधि रोक्नका लागी सहकार्यको आवश्यकता रहेको धारणा राखिन् । कार्यक्रममा सहभागीहरु कृषकलाई पर्ने गरेको समस्या, जिल्ला कृषि विकास कार्यलयले भुकम्प पछि गरेका कार्य र आगामी योजना सम्बन्धी जिज्ञासा राखेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!