यमनी हुथीद्वारा साउदी विमानस्थलमा आक्रमण

Posted on: 30 Jun, 2019

असार १५, साना, रासस-सिन्ह्वा । यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको दक्षिणी आसिर प्रान्तमा रहेको आभा विमानस्थलमा मानवविहीन बिमान (ड्रोन) बाट आक्रमण गरेका छन् ।

विद्रोहीहरुले जिजान प्रान्तको जिजान बिमानस्थलमा समेत ड्रोन मार्फत बम आक्रमण गरेको दाबी पनि गरेका छन् ।

दुबै ड्रोन आक्रमणबाट आभा र जिजान बिमानस्थलका बिमान ह्याङ्गरमा आक्रमण गरिएको विद्रोहीद्वारा संचालित मासिराह टेलिभिजनले जनाएको छ । विद्रोही समूहका सैनिक प्रवक्ता याह्या सारियाले जारी गरेको विज्ञप्तिमा ड्रोनमार्फत बम आक्रमण गरिएको उल्लेख छ ।

विद्रोहीहरुले पछिल्ला दिनहरुमा साउदी अरेबियाका क्षेत्रीय बिमानस्थलमा क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई तिब्र बनाएका छन् । साउदी अरेबियाले भने उक्त घटनाका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।

साउदी समाचार संस्थाले हुथीद्वारा आभा बिमानस्थलमा गरिएको ड्रोन आक्रमणबाट गत साता एक जना सिरियाली नागरिकको ज्यान जानुका साथै अरु आठ जना घाइते भएका थिए ।  यस्तै, अर्को ड्रोन आक्रमणबाट आभा बिमानस्थलमा २६ जना घाइते भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!