दोषी लाई कडा भन्दा कडा कारबाही हुनुपर्ने नगर प्रमुखको माग

Posted on: 02 Jul, 2019

सुनिल कुँवर | असार १७, काठमाडौँ | बझाङको बुङ्गल नगरपालिका २  स्थित मल्ला बस्ति घर भएकि  २० बर्षिया ललीता कुमारी धामीको विभत्स हत्या भएको छ । उक्त घटनामा सग्लग्न दोषीलाई कडा भन्दा कडा कारबाहिको माग नगर प्रमुख धनबहादुर बिष्टले गरेका छन् | दोषीलाई कारबाही नभए कालंगा हाड्रोपावरले ठुलो क्षति बेहेर्नु पर्ने चेतावनी उनले दिएका छन् | उनले भने " हाम्रा  बुबा बाजेले भारी बोकेर खाए, यस्तो अत्त्याचार  चाहिएको छैन  यस्तो अन्याय सह्य छैन , विकासको नाममा मान्छे मार्न पाइदैंन  " 

 बलत्कार पछि हत्या गरिएको  स्थानीयले संखा गरेका छन् |  घटनामा संलग्न  कालङ्गा हाइड्रो प्रा.लिको जेसीबी ड्राइभरले यो घटना घटाएको हुन सक्ने स्थानीयको भनाइ छ । ललिता संगैको साथीको बयानका अनुसार उक्त जेसिबी ड्राइभरसंग ललिताको बेला-बेलामा फोन सम्पर्क तथा भेटघाट हुने गरेको थियो ।

इलाका प्रहरी कार्यालय बुङ्गल झापाका प्रहरी निरीक्षक जनक धामीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त जेसिविका चालकलाई नियन्त्रणमा लिएको र शवको पोस्ट मार्टम बिना र सत्य/तत्य तथा सोधपुछ नभएसम्म हत्यारा को हो भन्ने बिषयमा छुट्याउन नसकिने प्रहरी निरीक्षक जनक धामीले बताएका छ्न् ।

स्थानीय र विद्यार्थीले दोषीलाई कारबाहीको माग गर्दै नाराबाजी र दुईवटा टिप्पर तोडफोड गरेका छन् |  उनको शवसंगै एउटा लाभा कम्पनीको मोबाइल, खुट्टामा एउटा फ्लाइट चप्पल भेटिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!