कञ्चनपुरमा ट्रक दुर्घटना हुदाँ चालक घाइते

Posted on: 04 Jul, 2019

असार १९, काठमाडौँ |  महेन्द्रनगर बाट  बेल्डाँडी आउदै  गरेको ना ७ ख २३९६ नम्वरको ट्रक बेल्डाँडी क्याम्प नजिक दुर्घटना भएर नहरमा खसेको छ | 

कञ्चनपुरको हुलाकी सडक अन्तरगत जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी खण्डमा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा  ट्रक दुर्घटना हुदा चालक जयबहादुर थापा घाईते भएका छन्। 

ट्रक धनी तेजसिह धामीका अनुसार ४ सय २५ बोरा सिमेन्ट बोकेर बेल्डाँडी आउदै गर्दा सडकबाट ट्रक नहरमा खसेको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!