बोक्सीको आरोप लगाउने दुई महिला पक्राउ

Posted on: 04 Jul, 2019

असार १९, स्याङ्जा | बोक्सीको आरोप लगाउने दुई महिलालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । एक महिलालाई बोक्सीको आरोप लगाई गालीगलौज गरी पीडा दिएको जाहेरी बुधबार वडा प्रहरी कार्यालय वालिङमा परेपछि प्रतिवादीहरु दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताउनुभयो । 

 नायब उपरीक्षक भण्डारीका अनुसार तनहुँ बन्दीपुर नगरपालिका–६ घर भई पोखरा १६ बस्ने ३३ वर्षीया सोममाया गुरुङ र चापाकोट नगरपालिका–२ बस्ने वर्ष २५ वर्षीया चन्द्रकला थापा पक्राउ परेका हुन् । पक्राउ परेका दुई महिलाले ३८ वर्षीया एक महिलालाई मङ्गलबार बोक्सीको आरोप लगाई गालीगलौज तथा पीडा दिएको जाहेरीमा उल्लेख गरिएको छ ।

 प्रतिवादी दुवैलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा ‘भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुर’अपमानजनक वा अमानवीय व्यवहार मुद्दामा म्याद थप गरी अनसन्धान शुरु भएको प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!