एसीसी यू–१९ क्रिकेट: नेपालद्वारा शानदार जित, सिंगापुर २१७ रनले पराजित

Posted on: 05 Jul, 2019

असार २०, काठमाडौं । एसीसी यू–१९ मा एसिया कपको इर्टन रिजन छनोटमा सिंगापुरविरुद्ध नेपालको फराकिलो जित हात पारेको छ ।  

खेलमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनाएको थियो । जसलाई पछ्याउने क्रममा सिंगापुरले ३९.१ ओभरमा सबै विकेट गुमाई १०९ रनमै सिमित हुन पुग्यो । 

खेलमा ऋत गौतमको शतकिय पारीको सहयोग र कुल २२६ रनको फराकिलो स्कोर खडा गरेको नेपालको स्कोरलाई सिंगापुरलाई पुरा ओभर पनि टिक्न नसकेर २१७ रनको एतिहासिक जित स्कोर खडा गर्यो । 


खेलमा ऋत गौतम र पवन शरार्फले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे । पवन ४५ रनमा आउट भए । खडकबहादुर बोहोराले गौतमसँग १३१ रनको महत्वपूर्ण साझेदारी गरे । बोहोरा ९० रनमा आउट भए । विशाल विक्रम केसी १ र कप्तान रोहितकुमार पोडेल मात्र ७ रनमा आउट भए । तर कुशल मल्लले आक्रामक पारी खेल्दै अर्धशतक बनाए ।

पाँचौं विकेटका लागि गौतम र मल्लले अविजित ८२ रनको साझेदारी गरे । आजको खेलमा ऋत गौतम एक्लैले ११५ र कुशल मल्ल ५१ रन बनाएर अविजित रहे । खेलमा सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका बलरहरु कुशल मल्लले सर्वाधिक ४ विकेट लिए भने तिलकराज भण्डारीले २ र सागर ढकाल र रशिद खानले १/१ विकेट लिए । सिंगापुरको १०९ रन जोड्ने क्रममा हरी कुक्रेजाले ३० रन, कान्नुसमी साथिसले २४ र चंद्र्मौली श्रीदेवले २३ रन बनाए । बाँकी खेलाडीले ५ रनभन्दा बढी जोड्न सकेनन् । 


यो खेलसँगै नेपाल 'ग्रुप ए' को बिजेता बनेको छ । 'ग्रुप बि' बाट आयोजक राष्ट्र मलेसिया २ खेलमा दुवै खेल जित्दै ग्रुपको सबैभन्दा माथिल्लो स्थानमा छ । पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!