सरकारले तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकोमा संसद्को आपत्ति

Posted on: 07 Jul, 2019

असार २२, काठमाडौँ | सांसद अनिता देवकोटाले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने निणर्य सरकारले फिर्ता लिएकामा आपत्ति जनाउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै उहाँले भन्नुभयो, “भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने भनिएको थियो तर सरकारले त्यो निणर्य किन फिर्ता लियो ? विषादीयुक्त तरकारी उत्पादन र बिक्री वितरणमा कडाइका साथ रोक लगाइयोस्, जनताको स्वास्थ्यको ख्याल गरियोस् ।” 

सांसद देवकोटाले सर्लाही जिल्लामा खोलामा उत्खनन्का क्रममा पुरिएको बालकको  उद्धारमा प्रहरी प्रशासनको ढिलाइका कारण उनको मृत्यु भएको आरोप लगाउनुभयो । उद्धारमा प्रहरी प्रशासनको ढिलाइप्रति स्थानीयवासीले गरेको आन्दोलनमा प्रहरीले दमन गरेर आतङ्क मच्चाएकाले त्यसबारे स्पष्टीकरण दिन पनि उहाँले माग गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!