पूर्वाधार नहेरी बिषादी परिक्षण गरेको भन्दै मन्त्रीले मागे माफी

Posted on: 08 Jul, 2019

 असार २३, काठमाडौँ  | भारत तथा अन्य तेस्रो मुलुकबाट नेपालमा भित्रिने तरकारी तथा फलफूल परिक्षण  गर्ने  निर्यण बाट सरकार भारतको दबाबका कारण पछि हटेको भन्दै आलोचना भइरहेको छ | 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने फलफूल तथा तरकारीमा बिषादी परिक्षण गर्ने निर्णय गरेको भन्दै माफी मागेका छन्  | सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले सचिवहरुले आफुलाई  डुबाएको आरोप समेत लगाए | मन्त्री यादबले भने " पूर्वाधार नभई निर्णय गर्नु मेरो गल्ति थियो | सचिवहरुले मलाई भन्दै भनेनन् |

 सबै जिम्मा म लिन्छु " | प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबावमा निर्णय फिर्ता नलिएको उनको स्पष्टीकरण छ ।  ‘म जनतालाई विषादी खान दिने छैन । अहिलेलाई गल्ती भयो । माफी माग्छु । अब मलाई थप्पड हानेर तपाईंहरुलाई सन्तोष मिल्छ भने हान्नुस् ।’उनले भने |

यस बिषयमा तपाइको प्रतिक्रिया...!