मकवानपुरमा बाढीले बगाएर एक बालिकाको मृत्यु

Posted on: 12 Jul, 2019

असार २७, हेटौँडा । मकवानपुरको थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने क्रममा एक बालिकालाई खोलाले बगाउँदा मृत्यु भएको छ । 

सोही वडाको दम्की खोलाले बगाउँदा १४ वर्षीया छात्रा सन्तमाया घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यसैगरी अविरल परेको वर्षाले हेटौँडा नारायणगढ सडकखण्डको ज्यामिरेमा आज अपराह्न पहिरो आई सो सडकखण्डमा यातायात अवरुद्ध भएको छ । 

उक्त पहिरो हटाउन इलाका प्रहरी कार्यालय मनहरीले डोजर त्यसतर्फ पठाइसकेको र करीब दुई घण्टाभित्रै यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिनुभयो ।

अहिले पनि अविरल परेको वर्षात्को बाढीले त्रिभुव राजपथको बागझोरामा यातायात सञ्चालन गर्न अझै पनि कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!