८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा छाउपडी अन्त्यका लागि कानून बनाउन माग

३ श्रावण २०७६, शुक्रबार ०७:०५

साउन ३, सुर्खेत  | सुर्खेतको बराहताल गाउँपालिकाका स्थानीय नागरिकले सभामुख राजबहादुर शाहीसँग छाउपडी अन्त्यका लागि कानून बनाउन आग्रह गरेका छन् । नागरिकको गुनासो सुन्न बराहताल गाउँपालिका पुग्नुभएका सभामुख शाहीसँग त्यहाँका स्थानीयवासीले व्याप्त कुप्रथा अन्त्यका लागि कानून बनाउनुपर्ने सुझाव दिएका हुन् । 

युएनडिपीको सहयोगमा कर्णाली फाउण्डेशनले बिहीबार सुर्खेतको बराहताल गाउँपालिकामा आयोजना गरेको ‘जनतासँग सभामुख’कार्यक्रममा स्थानीय नागरिकले सामाजिक कुप्रथाले नराम्रोसँग जरा गाडेकाले यसको अन्त्य गर्न सरकार लाग्नुपर्ने बताए ।  

सभामुख शाहीले छाउपडीलगायतका महिलामाथि हुने हिंसाको अन्त्यका लागि कानून निर्माणमा भूमिका खेल्ने बताउनुभयो ।

जनज्योति विद्यालयमा अध्ययनरत मेनुका थापाले सुर्तीजन्य पदार्थहरुको खुल्लमखुल्ला बिक्री भइरहेको बताउँदै यसको नियन्त्रणका लागि प्रदेशसभाले कस्तो कानून ल्याउँदैछ ? भनेर प्रश्न गर्नुभयो । सभामुख शाहीले स्थानीय सरकार आफँैले मदिराजन्य र सुर्तीजन्य पदार्थहरु नियन्त्रणको कानून बनाउन सक्ने भएकाले स्थानीय सरकार यसतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । 

उहाँले कर्णालीका केही स्थानीय तहहरुले मदिरा र सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरिसकेको बताउँदै जनता जागरुक भएमा कानून कार्यान्वयन गर्न सकिने विचार राख्नुभयो । सभामुख शाहीले प्रदेशसभाले कानून बनाउने प्रक्रियाको नेतृत्व गर्नाका साथै सरकारलाई जनउत्तरदायी बनाउनका लागि नेतृत्वदायी भूमिका खेलिरहेको बताउनुभयो  ।

कर्णाली फाउण्डेशनका अध्यक्ष नारायण भट्टराईले कानून निर्माणका साथै  सरकार र संसद्मा जनताको पहुँच बढाउनका लागि कार्यक्रमको शुरुआत गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता