2026-10-20 11:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक

2026-08-14

काठमाडौँ | कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले पूर्वसभापति शेरबहादुरको नेतृत्वमा कांग्रेस एक ढिक्का हुने बताएका छन् । कांग्रेस देउवा पक्षले शुक्रबार आयोजना गरेको भेलामा उनले यस्तो बताएका हुन् ।

उनले लामो उपचारपछि नेपाल फर्किएका देउवाको आगमन कांग्रेस मात्रैका लागि नभइ देशकै लागि सुखद् भएको बताए । उनले अहिले देशको अवस्था सरल, सामान्य र सहज नरहेको बताए । यस्तो जटिल अवस्थामा रहेको मुलुकलाई कांग्रेसले जोगाउनु पर्ने तर त्यस्तो हुन नसकेको बताए । ‘अब शेरबहादुर देउवाको आगमनसँगै राष्ट्रिय संकटमाथि पार्टीहरूबीच छलफल हुन्छ,’ भेलामा उनले भने, ‘यो अवस्थामा कांग्रेसले मुलुकलाई राहत दिनुपर्न हो तर भइरहेको छैन । अब शेरबहादुर देउवाको आगमनले देशको संकटको अवस्थाबारे छलफल गर्ने विश्वास लिएको छु ।’

उनले कांग्रेस विशेष महाधिवेशनलाई अप्रेशन गरेर निकालिएको शिशुको संज्ञा पनि दिए । उनले भने, ‘बेला नपुगि निकालेको शिशु कस्तो हुन्छ अहिले विशेष महाधिवेशन पक्षधरको अवस्था त्यस्तै भएको छ ।’ नेता लेखकले विशेष महाधिवेशनले विभाजनको अवस्थामा पुगेको बताएका छन् । ‘विशेष महधिवेशनका कारणले पार्टी विभाजनाको अवथामा पुगेको छ । देउवाजीको नेतृत्वमा एकताबद्ध गर्ने प्रयास गर्नुपर्छ,’ उनले भने, ‘नेतृत्व परिवर्तनको प्रश्न थियो भने देउवाजीले वैधानिक रुपमा प्रतिस्पर्धा गर्ने अवस्था थिएन् । स्वभाविक जन्मलाई अस्विकार गरे अप्राकृतिक रुपले जन्म दिए शरीर स्वस्थ हुन सक्दैन । त्रुटि जहाँ भएको छ, त्यहीबाट सच्याउनुपर्छ । १४ महाधिवेशन समिति र विशेष महाधिवेशनको समितिले एक ठाउँ बसेर निकास निकाल्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ