2026-10-20 11:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत

2026-08-14

काठमाडौँ | नेपाली कांग्रेसका नेता मोहन बस्नेतले सभापति गगन थापाले कांग्रेसलाई चलाउन नसकेको टिप्पणी गरेका छन्। काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालसमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै थापाले काम गर्न नसकेको बताए। स्थानीय तहदेखि केन्द्रसम्म बहुमतम रहेको पार्टीलाई थापा नेतृत्वमा आएपछि धरासायी बनेको उनको भनाइ थियो।

सभापति थापाले युवाको नारा लगाए पनि उनले केही गर्न नसकेको बस्नेतको जिकिर थियो। ‘म गगन थापालाई पुरानो उखान सम्झाउँछु,’ बस्नेतले व्यंग गर्दै भने, ‘बोकाले दाइँ हुने भए गोरु चाहिँदैन। गगन आएपछि पार्टी चलेको छैन।’

उनले थापा नेतृत्वमा आउनअघि सबै निकायमा कांग्रेस बहुमतमा रहेको उल्लेख गरे। ‘वडा, पालिका, प्रदेश, संसद्मा कांग्रेसको बहुमत थियो। राष्ट्रिय सभामा मात्रै थिएन। त्यसमा पनि एमालेसँग मिलेर सभापति देउवाले बहुमत बनाउनुभयो,’ बस्नेतले भने, ‘गगनजी तपाईले पार्टीलाई धरासायी बनाउनुभयो। तपाईबाट पार लाग्दैन।’

उनले शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस अगाडि बढ्ने बताए। ‘देउवाको नेतृत्वमा कांग्रेस शीर्षस्थानमा पुर्‍याएर मुलुकलाई निकास दिनुपर्ने अवस्था छ,’ उनले भने। यदि युवा भन्ने हो भने थापालाई पनि नयाँ पुस्तालाई हस्तान्तरण गर्न आग्रह गरे। आफू थापासँगै प्रतिस्पर्धा गर्दै आएको उल्लेख गर्दै बस्नेतले भने, ‘तपाईले लड्नु भएन भने म पनि कुनै चुनाव लड्दिनँ। युवालाई जिम्मा लगाउनुस्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ