2026-09-08 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत

2026-08-14

काठमाडौँ | नेपाली कांग्रेसका नेता मोहन बस्नेतले सभापति गगन थापाले कांग्रेसलाई चलाउन नसकेको टिप्पणी गरेका छन्। काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालसमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै थापाले काम गर्न नसकेको बताए। स्थानीय तहदेखि केन्द्रसम्म बहुमतम रहेको पार्टीलाई थापा नेतृत्वमा आएपछि धरासायी बनेको उनको भनाइ थियो।

सभापति थापाले युवाको नारा लगाए पनि उनले केही गर्न नसकेको बस्नेतको जिकिर थियो। ‘म गगन थापालाई पुरानो उखान सम्झाउँछु,’ बस्नेतले व्यंग गर्दै भने, ‘बोकाले दाइँ हुने भए गोरु चाहिँदैन। गगन आएपछि पार्टी चलेको छैन।’

उनले थापा नेतृत्वमा आउनअघि सबै निकायमा कांग्रेस बहुमतमा रहेको उल्लेख गरे। ‘वडा, पालिका, प्रदेश, संसद्मा कांग्रेसको बहुमत थियो। राष्ट्रिय सभामा मात्रै थिएन। त्यसमा पनि एमालेसँग मिलेर सभापति देउवाले बहुमत बनाउनुभयो,’ बस्नेतले भने, ‘गगनजी तपाईले पार्टीलाई धरासायी बनाउनुभयो। तपाईबाट पार लाग्दैन।’

उनले शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस अगाडि बढ्ने बताए। ‘देउवाको नेतृत्वमा कांग्रेस शीर्षस्थानमा पुर्‍याएर मुलुकलाई निकास दिनुपर्ने अवस्था छ,’ उनले भने। यदि युवा भन्ने हो भने थापालाई पनि नयाँ पुस्तालाई हस्तान्तरण गर्न आग्रह गरे। आफू थापासँगै प्रतिस्पर्धा गर्दै आएको उल्लेख गर्दै बस्नेतले भने, ‘तपाईले लड्नु भएन भने म पनि कुनै चुनाव लड्दिनँ। युवालाई जिम्मा लगाउनुस्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित