2026-09-29 02:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते

2026-08-15

काठमाडौँ | नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा पार्किङ गरी राखिएको माईक्रो भ्यानलाई अनियन्त्रित बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। शुक्रबार बिहान करिब ८ :२५ बजेकाे समयमा बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक किनारमा रोकिराखेको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली इभी भ्यानसँग ठोक्किएको थियो। ठक्करपछि दुवै सवारी साधन सडकबाट करिब ३० देखि ४० मिटर तल भिरमा खसेका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका पाँचै जनालाई तत्काल उपचारका लागि काठमाडौँस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। तर, उपचारका लागि अस्पताल पुर्‍याउनासाथ चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन्। मृत्यु हुनेहरुमा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल,रामेछाप, सुनापति (ठाडादेवी) गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्री रहेका छन् । त्यस्तै घाइते हुनेहरुमा सर्लाही, लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ तथा दोलखा, मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ रहेका छन्।उनीहरुकाे अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।

घाइते तीनै जनाको हाल ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै