2026-09-29 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा

2026-08-15

काठमाडौँ | नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले नचाहँदा नचाहँदै पार्टीको विशेष महाधिवेशन गरिएको बताएका छन् । शनिबार (साउन ३०) काठमाडौँको चुनदेवीस्थित आफ्नो निवासमा सञ्चारकर्मीसँग उनले यसबारेमा आफूहरूले सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दिएको बताए ।

अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा यसबारेमा आफूले धेरै नबोल्ने उनले उल्लेख गरे । अदालतबाट आफूहरूले न्याय पाउने उनले विश्वास व्यक्त गरे । “विशेष महाधिवेशनको पक्षमा म थिइनँ । हामीले मुद्दा दिएका छौँ, मुद्दा दिएको विषयमा धेरै बोल्नु हुँदैन,” उनले भने, “मलाई विश्वास छ, सर्वोच्च अदालतले न्याय दिन्छ ।”

देउवाले आफू सधैँ पार्टी एकताका पक्षमा रहेको पनि बताए । आफ्नो गृहप्रदेश सुदूरपश्चिम र जिल्लाका निम्ति अझै धेरै काम गर्न बाँकी रहेको उनले सुनाए । “डडेलधुराका लागि अझै गर्न बाँकी छ, त्यो पनि पूरा गर्छु,” उनले भने ।

उनले आफू सधैँ प्रेस स्वतन्त्रताका पक्षमा रहेको स्पष्ट पारे । प्रेसले आफ्नै आचारसंहिताभित्र रहेर काम गर्नुपर्नेमा उनले जोड दिए । “प्रेसको सन्दर्भमा उसको आफ्नो आचारसंहिताको विषय हो,” देउवाले भने, “प्रेस स्वतन्त्रता भएको मुलुकमा मात्रै गणतन्त्रको रक्षा हुन्छ ।” गत वर्ष पुसमा कांग्रेसको विशेष महाधिवेशन गरिएको थियो । महाधिवेशनबाट सभापति बनेका गगन थापासहितको नेतृत्वमा हाल कांग्रेस छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै