2026-10-20 11:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा

2026-08-15

काठमाडौँ | नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले नचाहँदा नचाहँदै पार्टीको विशेष महाधिवेशन गरिएको बताएका छन् । शनिबार (साउन ३०) काठमाडौँको चुनदेवीस्थित आफ्नो निवासमा सञ्चारकर्मीसँग उनले यसबारेमा आफूहरूले सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दिएको बताए ।

अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा यसबारेमा आफूले धेरै नबोल्ने उनले उल्लेख गरे । अदालतबाट आफूहरूले न्याय पाउने उनले विश्वास व्यक्त गरे । “विशेष महाधिवेशनको पक्षमा म थिइनँ । हामीले मुद्दा दिएका छौँ, मुद्दा दिएको विषयमा धेरै बोल्नु हुँदैन,” उनले भने, “मलाई विश्वास छ, सर्वोच्च अदालतले न्याय दिन्छ ।”

देउवाले आफू सधैँ पार्टी एकताका पक्षमा रहेको पनि बताए । आफ्नो गृहप्रदेश सुदूरपश्चिम र जिल्लाका निम्ति अझै धेरै काम गर्न बाँकी रहेको उनले सुनाए । “डडेलधुराका लागि अझै गर्न बाँकी छ, त्यो पनि पूरा गर्छु,” उनले भने ।

उनले आफू सधैँ प्रेस स्वतन्त्रताका पक्षमा रहेको स्पष्ट पारे । प्रेसले आफ्नै आचारसंहिताभित्र रहेर काम गर्नुपर्नेमा उनले जोड दिए । “प्रेसको सन्दर्भमा उसको आफ्नो आचारसंहिताको विषय हो,” देउवाले भने, “प्रेस स्वतन्त्रता भएको मुलुकमा मात्रै गणतन्त्रको रक्षा हुन्छ ।” गत वर्ष पुसमा कांग्रेसको विशेष महाधिवेशन गरिएको थियो । महाधिवेशनबाट सभापति बनेका गगन थापासहितको नेतृत्वमा हाल कांग्रेस छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ