2026-09-08 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो

2026-08-15

काठमाडौँ | रोल्पाको थबाङ गाउँपालिका–५ उवाको कोटलबारामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ। पहिरोमा बेपत्ता स्थानीय लीलबहादुर पुन मगरको शरीरको अंग फेला परेपछि पहिचान भएको हो। लुङग्री खोलामा फेला परेको खुट्टाको पैताला प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको थियो। उक्त पैताला थबाङ गाउँपालिका–५ कोटलबारा निवासी करिब ६१ वर्षीय लीलबहादुर पुन मगरको भएको उनका छोरा गोबबहादुर पुन मगरले सनाखत गरेका छन् ।

सनाखतपछि परिवारले उक्त अंग बुझेर लगेको इलाका प्रहरी कार्यालय सुलिचौर, रोल्पाले जनाएको छ। यससँगै कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ। घटनामा अझै दुई जना बेपत्ता छन्। बेपत्ता हुनेमा थबाङ गाउँपालिका–५ कोटलबारा निवासी करिब ९ वर्षीय अशिम पुन मगर र करिब ८० वर्षीय अजम्बर पुन मगर रहेका छन्। बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित