फिल्मी निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल बिरुद्ध बहुविवाहको उजुरी

Posted on: 21 Jul, 2019

साउन ५, काठमाडौँ  | फिल्मी निर्माता छविराज ओझा र  नायिका शिल्पा पोखरेलबिरुद्ध बहुविवाहको उजुरी परेको छ | छविकी जेठी श्रीमती हेमा ओझाले उनीहरु 

बिरुद्ध बहुविवाहको उजुरी दिएकी हुन् | 

 हेमा ओझाले उजुरी गरे पछि छानविनको काम भईरहेको र उजुरी दर्ता भने नभएको काठमाडौं प्रहरी वृत गौशालाले जानकारी दिएको छ |  नायिका शिल्पा पोखरेलले  प्रहरी परिसर टेकुमा घरेलु हिंसा गरेको भन्दै  फिल्म निर्माता छवि ओझाविरुद्ध उजुरी दिएकी थिइन | उनीहरु बिचको विवाद चुलिदै आएको थियो | शिल्पाले डिभोर्सको मुद्दा दर्ता गरिसकेकी छन् |

यसैबिच छविले ५२ वर्षको उमेरमा शिल्पासँग जीवन बिताउन चाहेको बताएका थिए | शिल्पाले न्याय माग्दै छविविरूद्ध उजुरी दर्ता गरेसँगै उनले शिल्पालाई ‘संसारका कुनै अदालतमा जानुपर्दैन, छवि ओझाको अदालतमा सिधै आउनुस्, तपाईंले न्याय पाउनुहुन्छ,’भनेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!