नाका वन्दीका कारण घरेलु उत्पादनले वजार पायो

Posted on: 02 Dec, 2015

प्रेम सुनार/मंसिर–१६,गुल्मी । भारतिय नाका वन्दीले ईन्धन लगायतको अभाव भए पछि वल्ल अहिले गुल्मीको सदरमुकाम तम्घासमा घरेलु उत्पादनले वजार पाउन थालेको छ । ‘घरको ओदान चुलोबाट हटाएर थन्काईएको थियो । त्यसको हिफाजत नगर्दा हराएछ । अर्को सानो ओदान खिया लागेर काम नलाग्ने भएछ । अहिले ग्याँस नपाएर विस वर्ष पछि दाउराबाट खाना पकाउन सुरु गरेका छौ । त्यसैले ओदान किन्न आएकी हुँ ’–तम्घासकी हरीकला पन्थीले भनिन –‘आखिर दुख पर्दा त आफ्नै मान्छे र आफ्नै वस्तु चाहिने रहेछ जस्तो लाग्यो ।’ पन्थी सहित तम्घास वजारका थुप्रै घर परिवारले घर नजिकैको खाली ठाउँमा वा छतमा दाउराको चुलो बनाएर खाना पकाउन थालेका छन् । कतिपय परिवार भन्छन् –‘विसौं वर्ष पछि दाउराले पकाएको खानाको वेग्लै स्वाद चाख्न पाईयो ।’ जाडोमा आगो ताप्न पनि पाईने , खान पनि पाक्ने किन चाहियो ग्याँस ? के हाम्रा पुर्खाले ग्याँस वालेका थिए र ? भनेर प्रति प्रश्न समेत गर्न थालिएको छ ।

gulmi pic

पक्की घरको डेरामा वस्नेहरुले भुसे चुलो र कराई चुलोमा खाना पकाउन सुरु गरेका छन् । तम्घासका होटलवालाहरुले समेत त्यही चुलो प्रयोग गर्न थालेको होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष बुद्ध थापाले बताए । उनले भने –‘अघिल्लो हप्ता देखि नै दर्जनौ होटलका साथीहरुले ग्याँस नभएर होटल बन्द गर्ने तयारीमा छौं भनेर गुनासो गर्दै हुनुहुन्थ्यो । मैले ग्याँसको मात्रै भर नपरौं गाउँघरे चुलो पनि प्रयोग गरौं भने पछि त्यसै गरिएको छ । ’ तम्घासको देउराली देखि उदिनढुङ्गा सम्मका भाडा पसलहरुमा वुझ्दा ग्याँस अभाव भए पछि भुसे चुलो र कराई चुलोको बिक्रि बढ्दै गएको बताए । थोरै दाउराले पनि खान पाक्ने उक्त चुलो तम्घासका अधिकांस सम्पन्न परिवारले समेत प्रयोग गर्न थाले पछि ग्याँस वाल्ने सदरमुकाम वाहिरका होटल व्यवसायीहरुले पनि प्रयोगमा ल्याउन थालेका छन् ।

gulmi पश्चिम क्षेत्र नम्वर ३ र उत्तर मुसिकोट पौदीअमराई नेटा दर्लिङ्ग लगायतका गाउहरुमा भाडाकुँडा विक्रि हुने तम्घास उदिनढुङ्गाको रोशनी भाँडा पसल, गंगा हार्डवेर, उदिनढुङ्गा मिलन चोकका नाथकन्या स्टोर, सन्ध्या भाँडा पसल र तम्घास नयाँ वजारको रेग्मी भाँडा पसल , पुतली वजारको न्यु रेसुङ्गा जनरल स्टोर लगायतका भाडा पसलहरुमा भुसे चुलो र ग्याँस चुलो किन्न आउनेहरु बढ्दै जान थालेको बताईयो । ति चुलाहरु यहिका मिस्त्रीहरुले पनि पनि वनाउने र वुटवलमा बनेर पनि आउने बताईएको छ । यसरी सदरमुकाम तम्घासकै उच्च घरानले समेत घरेलु उत्पादन गर्न थाल्नुले परनिर्भता कम हुने देखिएको छ । तस्वीरः तम्घासका वजारहरुका केहि भाँडा पसलहरुमा भुसे चुलो र कराई चुलाहरु

यस बिषयमा तपाइको प्रतिक्रिया...!