निर्माणाधिन पार्कको छत खस्दा २ को मृत्यु

Posted on: 22 Jul, 2019

कमल घिमिरे।श्रावण६।पाँचथर, पाँचथरको हिलिहाङ गाँउ पालिकामा निर्माण भइरहेको पार्कको छत खस्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । 

 हिलिहाङ गाउँपालिका वडा नम्वर ७ टाहारीमा निर्माण भइरहेको यलम्वर पार्कको छत खस्दा २ जनाको ज्यान गएको हो ।

मृत्यु हुनेहरुमा हिलिहाङ ७ का ५० वर्र्षीय जगत राई र ५१ वर्षीय रुद्र राई रहेका छन् । गाउँ पालिकाको लगानीमा निर्माणाधिन पार्ककको छत ढलाई पछि खोल्ने क्रममा छतले किचेर सोमवार विहान उनीहरुको ज्यान गएको हो । घटना पश्चात प्रहरी घटना स्थल तर्फ पुगिसकेको प्रहरीले जनाएको छ । घाइते भएका १ जनालाई उपचारार्थ पाँचथर अस्पताल ल्याइदै गरेको पाँचथर प्रहरीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!