देशका अधिकांश भु-भागमा बर्षाको सम्भावना सतर्क रहन आग्रह

Posted on: 22 Jul, 2019

साउन ६, काठमाडौँ  | सोमबार देशका अधिकांश भु-भागमा बर्षाको सम्भवना रहेको छ  | मनसुन न्यून चापिय रेखा  नेपालको  दक्षिणतिर अवस्थित भएकाले  बंगालको खाडीबाट  प्रवेश  गरेको  जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पुर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि  स्थानहरुमा वर्षाको सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ | 

आज देशको पुर्वी तथा मध्यका अधिकांश भु-भागमा सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षा भईरहेको छ र पश्चिमि भु-भागमा आंसिक देखि सामान्य वदली भई १-२ स्थानहरुमा वर्षा भईरहेको छ |  महाशाखाका अनुसार दिउँसो  देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखी पूर्ण बदलि साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रहि पुर्वका र मध्यका धिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। पुर्व तथा मध्यका थोरै साथै पश्चिमका एक दुई  स्थानहरुमा भारि वर्षा हुने सम्भावना रहेको छ | 

आगामी २४ घण्टामा देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानहरुमा  भारी वर्षाको सम्भावना छ  | जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने  भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ | हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!