हेटौंडामा भारतीय गाडीले थिच्दा २ जनाको मृत्यु ५ घाईते

Posted on: 23 Jul, 2019

साउन ७, हेटौंडा  | पूर्व पश्चिम लोकमार्गअन्तर्गत हेटौँडा–१५ चुरियामाई नजीक भारतीय मालवाहक कन्टेनरले थिचेर दुई जनाको मृत्यु भएकोे छ । मृत्यु हुनेमा अटोका चालक बसामाडीका सुजनकुमार ढकाल र अझै पहिचान हुन नसकेको अर्का मोटरसाइकल चालक रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार सो दुर्घटनामा अन्य पाँच घाइते भएका छन् ।  कन्टेनरले ना१ज ७७८६ नं सुमो, बा६६प ६२१३ नंको मोटससाइकल र ना१ह ८८२४ नंको अटोलाई थिचेको थियो भने ना ५ ख ५११३ र ना ४ ख ३१४१ नं को बस, को १ च २२६७ नं को कुखुरा बोक्ने गाडी र भे १ क ६३१ नंको ट्रकलाई ठक्कर दिएको थियो ।  

पूर्वपश्चिम राजमार्गमा सोमबार राति ११ बजे बिग्रिएको एनएलओआइडी ८०३१ नंको मालवाहक १८ चक्के भारतीय नं प्लेटको उक्त कन्टेनरलाई क्रेनको सहायताले हेटौँडातर्फ ल्याउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!