बैतडीको पञ्चेश्वरबाट धनगढी तर्फ जादै गरेको जिप दुर्घटना हुदाँ ६ जना घाईते

Posted on: 24 Jul, 2019

साउन ८, बैतडी   | कैलालीको  बुढितोला नजिकै  जीप दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् |  बैतडीको पञ्चेश्वरबाट धनगढी तर्फ जादै गरेको से १ ज १०७८ नम्बरको जिप आज बिहान ८ बजे बुढितोला नजिकै दुर्घटना भएको हो  | ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार घाईते मध्ये एक जनाको अबस्था गम्भिर रहेको छ |

 घाईते हुनेमा हजारी चन्द, दुर्गा चन्द, जनक चन्द, रमेश चन्द, शिव कडेल र यमकान्त भुषाल रहेको प्रहरीले जनाएको छ |

यो पनि पढ्नुहोस 

पाटन नगरपालिकामा बोलेरो दुर्घटना

महाकाली राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन ८ आरुबाटा भीरमा जिप दुर्घटना हुदा १ जानाको मृत्यु भएको छ भने २ जाना घाइते भएका छन् । 

दार्चुलाबाट महेन्द्रनगर तर्फ जाँदै  गरेको ग १ ज ५२२४ नम्बरको  बोलेरो जिप पाटन नगरपालिका ८ को आरुबाट भिरमा दुर्घटना हुँदा एक जनाको  ज्यान गएको  र  अन्य दुइ जना घाइते  भएको इलाका प्रहरि कार्याललय पाटनका प्रहरि निरिक्षक गिन्द्र बोकटिले  जानकारी दिनुभयो । आज बिहान करिब ४ बजेतिर दुर्घटना भएको उहाले बताउनुभयो । 


जिपमा सवार तिनै जाना दार्चुलाको महाकाली नगरपालिका ९ दत्तूका भएपनि अन्य परिचय खुल्न नसकेको प्रहरीले बताएको छ । जिप सडकबाट ५ सय मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!