नवलपरासीस्थित सुस्ता महलबारी गाउँ डुबेपछि स्थानीय भारतप्रति आक्रोशित, भत्काए गण्डक नहर

Posted on: 25 Jul, 2019

साउन ९, काठमाडौँ | पानीले निकास नपाएर गाउँ डुबेपछि स्थानीयले बुधबार गण्डक नहरको डिल भत्काइदिएका छन् । भारतले त्रिवेणीमा बाँध बनाएर नारायणीको पानी नेपाली भूभाग हुँदै नहरमार्फत लगेको छ । 

नहरकै कारण हजारौं बिघा धानखेती र सुस्ता गाउँपालिका–१ को महलबारी गाउँ डुबेपछि स्थानीय आक्रोशित छन् । 


लगातार तीन दिनदेखि वर्षा भएकाले गाउँमा बाढी आएको थियो । बुधबार झिसमिसेमा सबै मिलेर कोदालो र गैंचीले नहरको उत्तरी डिल भत्काइदिएको स्थानीय रामु न्यौपानेले बताए । 

बाढीको पानी नहरबाट निकास भएपछि जोखिम घटेको उनको भनाइ छ ।  

- यो समाचार नारायण शर्माले कान्तिपुर दैनिकमा लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!