आफ्नो शेयर सदस्यका पिताको निधनप्रति रेडियो पुष्पाञ्जलीद्धारा शोक सभा

Posted on: 27 Mar, 2016

अनिश शर्मा गैरे/ चैत १४, वामी गुल्मी ।  रेडियोका सेयर सदस्य डिलाराम खरेलको पुजनिय पिता देउपती खरेलको निधनप्रति दुख ब्यक्त गर्दै आज रेडियोले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । रेडियो सञ्चालक समितिका अध्यक्ष सुदर्शन शाक्यको सभापतित्व रहेको कार्यक्रममा समितिका सचिब सरोज राज बौद्धाचार्य, दुर्गा भवन उमाबि आँपचौरका शिक्षक बिष्णु भट्टराईले शोक मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सञ्चालका समितिका कोषाध्यक्ष दिनेश खाती, सदस्य सुन्दर प्रधान, कर्मचारी, , सेयर सदस्य रामचन्द्र सापकोटा, समाजसेबी लगायतको उपस्थिती रहेको कार्यक्रममा बोल्दै सभापति सुदर्शन शाक्यले समबेदना पत्र बाचन गर्दै उहाँले समाजमा पुर्याएको योगदानको बारेमा चचौ परिचर्चा गर्नुभएको थियो । आफ्नै निवासमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कार्यकारी प्रमुख कौरब खत्रीले गर्नुभएको थियो । क्याम्पसका मानार्थ सदस्यका पिताको निधन प्रति रुद्राबति बहुमुखी क्याम्पद्धारा शोक सभा सम्पन्न ।।

यस बिषयमा तपाइको प्रतिक्रिया...!