कैलालीको धनगढीमा सुनको सिक्री चोरी गर्ने पक्राउ

Posted on: 26 Jul, 2019

साउन १०, धनगढी | कैलालीको  धनगढीमा सुनको सिक्री चोरी गर्ने एकजना पक्राउ परेका छन् | जिल्लाको धनगढी उप महानगरपालीका वडा नम्बर २ सन्तोषीटोलकी विद्या केसीको घाटीमा लगाएको सुनको सिक्री चोरी गर्ने सोही ठाउँका ३३ बर्षीय रामराजा शाहलाई पक्राउ गरिएको हो | 

 उनलाई पक्राउ गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गर्दै अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!