फिलिपिन्समा भूकम्पका कारण आठ जनाको मृत्यु

Posted on: 27 Jul, 2019

साउन ११, (रासस/एएफपी) । फिलिपिन्सको सुदुर उत्तरी क्षेत्रमा शनिबार बिहान आएको भूकम्पका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरुले दिएका जानकारीका अनुसार भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन् ।

उनीहरुले भूकम्पका कारण भत्किएका संरचनामा पुरिएकाहरुको खोजी कार्य जारी रहेको पनि जनाएका छन् ।

बिहानको समयमा भूकम्प आएको हुनाले  धेरै मानिसहरू घरभित्रै रहेको र धेरै घरहरु भत्किएको बताइएको छ । 

टापु नै टापुहरु रहेका बातान्स प्रान्तमा झण्डै चार घण्टाको अन्तरलमा ५.४ र ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

पहिलो भूकम्प स्थानीय समयानुसार बिहान ४.१५ मा आएको थियो । 

भूकम्पपछि सुनामी आउन सक्ने संभावना नदेखिएको अधिकारीहरुले बताएका छन् । खोजी तथा उद्धार कार्यलाई तिव्रता दिइएको छ । 

धेरै भूकम्प आउने देशमा पर्ने फिलिपिन्समा अहिलेको भूकम्पमा परी अहिलेसम्म झण्डै ६० जना घाइते भेटिएको मेयर राउल डे सागोनले जानकारी दिनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!