रामेछापमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु ।

Posted on: 09 Feb, 2016
माघ २६, प्रज्वल पौडेल, रामेछाप । रामेछाप जिल्लाको नागदहमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो सदरमुकाम मन्थलीबाट धोबी जादै गरेको लु २ त ५६६५ नम्वरको ट्याक्टरबाट खसेर नागदह गाविस वडा नं ५ की ३४ बर्षिय सुसिला नेपालीको मृत्यु भएको हो । ट्याक्टर चालक २२ बर्षिय हरि भुजेललाई प्रहरिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । यता रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा मंगलबार गाडिले ठक्कर दिदा एक बालिका गम्भीर घाईते भएकी छिन । मन्थली नगरपालीका १२ की १३ बर्षिया मुना माझीलाई मन्थली नगरपालीकाको बा २ झ १६०९ नम्वरको गाडिले तामाकोसी सहकारी अस्पताल अगाडि ठक्कर दिदा माझीको टाउकोमा गम्भीर चोट लागेको हो । घाईते बालीकाकोे सदरमुकाम मन्थलीमा रहेको तामाकोसी सहकारी अस्पतालमा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!