पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने प्रचण्डको चेतावनी

Posted on: 04 Aug, 2019

साउन १९, काठमाडौँ  | नेपाल कम्युष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निस्कन चेतावनी दिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने चेतावनी दिए ।

वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटन गर्दै प्रचण्डले राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको आरोप लगाए । ‘यदि उनीहरु सच्चिएनन् भने नसोचेको हबिगत हुनेछ’, उनले भने जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न प्रचण्डले सबैलाई आग्रह गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!