सीआईबीको प्रहरी हुँ भन्दै दिउँसै लुटपाट गर्ने दुई जना पक्राउ

Posted on: 05 Aug, 2019

साउन २०, काठमाडौं । नेपाल प्रहरीको ‘सीआईबी हुँ’ भन्दै धुम्बाराहिस्थित धुम्बाराहि स्कुल चोक अगाडि दिउँसै लुटपाट गर्ने २ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा उदयपुर घर भई कपन बस्ने २३ वर्षीय दोर्जे तामाङ र उदयपुरकै बुढानिलकण्ठ बस्ने १९ वर्षीय नोर्बु तामाङ रहेका छन् । 

पक्राउ परेका दोर्जे र नोर्बुले साउन १७ गते कास्की घर भई कालोपुल बस्ने २१ वर्षीय ईश्वर घतानेको १ थान मोबाइल र ६ हजार नगद लुटेका थिए । महाराजगञ्ज वृत्तबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले साउन १९ गते साँझ ६ बजेको समयमा लुटिएको सामानसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्तले ज्नाएअको छ |

प्रहरीका अनुसार पीडितले प्रहरीमा दिएको बयानको आधारमा सीसी क्यामेराको सहायतमा हुलियाको आधारमा खोजतलास गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् | उनीहरुको साथबाट ४ थान मोबाइल र लुट्न प्रयोग भएको बा ६६प ३४८१ नम्बरको स्कुटर समेत बरामद भएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!