विप्लवको निशानामा स्थानीय सरकार

Posted on: 12 Aug, 2019

साउन २७, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आधार इलाका मानिन्छ, पदेश ५ ।

सशस्त्र द्वन्द्वको केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रुकुम पूर्वमा विप्लव कार्यकर्ताको बाहुल्य देखिएको छ । उनीहरुले विगतमा झै ‘जनसरकार’ खडा गरेका छन् । 

प्रदेश ५ का अधिकांश स्थानीय तहमा उक्त पार्टीको ‘सहयोग अपिलपत्र’ पुगेको छ । विप्लव कार्यकर्ताले धम्की र चेतावनीसमेत दिएका छन् ।

जनप्रतिनिधिले भने यसको प्रतिवाद गर्न सकिरहेका छैनन् । ‘प्रतिरोध गर्न सक्ने अवस्थै छैन,’ रोल्पाका एक जनप्रतिनिधिले भने,‘यही गाउँमा बस्नु छ ।

हुँदैन, गर्न सकिने सकिँदैन भन्ने अवस्था छैन ।’यो समाचार अन्नपूर्ण दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!