सुनको भाउ बढेर इतिहासकै नयाँ रेकर्ड कति पुग्यो ? हेर्नुहोस

Posted on: 15 Aug, 2019

साउन ३०, काठमाडौँ  | बुधबार घटेको सुनको मूल्य आज फेरि बढेको छ। प्रतितोला ७१ हजार ५०० रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबभन्दा बढी मूल्य हो। यसअघि साउन २८ गते ७१ हजार पुगेको थियो नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबभन्दा बढी कायम गरेको हो।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार २ सय पुगेको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ। बुधबार प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार ८ सय ४० मा कारोबार भएको छ।

अमेरिका र चीनको व्यापार युद्ध र अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउनुलाई नै अहिले सुनको मूल्य बढ्नुको प्रमुख कारण मानिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!