आज सुन चाँदीको मूल्य कति छ हेर्नुहोस

Posted on: 16 Aug, 2019

साउन ३१, काठमाडौँ  | छापावाल सुनको भाउ आज शुक्रबार प्रतितोला ७१ हजार ५ सय पुगेको छ | भने तेजाबी सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

आज भने सुनको मुल्यमा कुनै घट बध भएको छैन | हिजोकै मूल्यमा स्थिर रहेको छ | जुन मूल्य अहिलेसम्मकै सबभन्दा बढी  हो । यसअघि साउन २८ गते ७१ हजार पुगेको थियो नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाला सुनको मूल्य अहिलेसम्मकै सबभन्दा बढी कायम गरेको थियो | आज पनि सोहि मूल्य कायम भएको छ |

त्यसैगरी, चाँदीको मूल्य  पनि स्थिर रहेको छ  | आज पनि प्रतितोला  ८ सय ४० मा कारोबार भएको छ। अमेरिका र चीनको व्यापार युद्ध र अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउनुलाई नै अहिले सुनको मूल्य बढ्नुको प्रमुख कारण मानिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!