रवि लामिछाने र युवराज कँडेललाई बयानका लागि अदालत लगियो

Posted on: 26 Aug, 2019

भदौ ९, काठमाडौँ । पुर्व सहकर्मी पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने र युवराज कँडेललाई बयानका लागि अदालत लगिएको छ । तीन जना प्रतिवादी मध्ये अस्मिता कार्कीको आइतबार नै बयान लिइसकिएको छ ।

उनीहरुको बयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् । थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ । आत्महत्या दुरूत्साहनको अभियोग लगाउँदै उनीहरूलाई ५ वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय चितवनले अदालतमा मुद्दा दायर गरेको हो । 

पुडासैनी मृत्यु प्रकरणपछि पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै भरतपुरमा दिनहुँ प्रदर्शन हुँदै आएको छ । प्रदर्शन चर्कर्दै गएपछि स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरेको छ । पाच जना एक ठाउमा जम्मा हुन नपाउने निर्णय गरेपछि आज मानिसहरु प्रदर्शनमा उत्रेका छैनन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!