बाजुरामा जीप दुर्घटना हुदाँ तीन जना घाईते

Posted on: 29 Aug, 2019

भदौ १२, बाजुरा | बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टी बजारबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । से १ ज १०६४ नम्बरको जिप बिहीबार बुढीनन्दा गाँउपालिका १ मटेला गाउँमा दुर्घटना भएको हो |

दुर्घटनामा परि घाईते हुनेमा मुगु जिल्लाको खत्याड गाँउपालिका वडा नम्बर १० ह्याँलुका २८ वर्षिया जनादेवी रोकाया, १६ वर्षिया सृजना कार्की र भारतको सितामणी जिल्लाका सुमित साह रहेका छन् ।

रोकाया र कार्कीलाई उपचारका लागि नियमित हवाइसेवा मार्फित नेपालगञ्ज लगिएको बाजुरा प्रहरी प्रमुख उद्धव सिँह भाटले बताए। शाहको अवस्था सामान्य छ। जीपको बे्रक फेल भएर दुर्घटना भएको बाजुरा प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!