मालपोतका खरिदार एक लाख २० हजार घुससहित पक्राउ

Posted on: 29 Aug, 2019

भदौ १२, बुटवल ।  बुटवल मालपोत कार्यालयका खरिदार जीवनाथ पाण्डेलाई सेवाग्राहीसंग एकलाख २० हजार घुस लिँदालिँदै  पक्राउ परेका छन्  | उनलाई अख्तियार दुरुपयोग अनुसन्धान बुटवलको टोलीले पक्राउ गरेको हो |

मालपोत कार्यालय अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवामा बसेर सेवाग्राहीसँग नामसारी र लालपुर्जा बनाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा पाण्डेसंगै लेखापढी व्यवसायी कमलप्रसाद पाण्डे पनि पक्राउ परेका अख्तियार कार्यालय बुटवलले जानकारी दिएको छ | पक्राउपछि उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!