दोलखा भिमेस्वरका वडा अध्यक्षलाई हातपात गर्ने डिएसपीले मागे माफी

Posted on: 30 Aug, 2019

भदौ १३, काठमाडौँ | दोलखा भिमेस्वर नगरपालिकाका वडा ४ का अध्यक्षलाई हातपात गर्ने डिएसपी मानबहादुर राईले माफी मागेका छन्। बिहीबार वडा अध्यक्ष हरिवंश चौलागाई चालक पवन बस्नेतको हत्याका बारे बुझ्न जिल्ला प्रहरी कार्यलय पुगेका थिए। सो क्रममा अनुसन्धानमा असर पर्ने भन्दै डिएसपीले अध्यक्षमाथि हातपात गरेका थिए।

त्यसैक्रममा वडा अध्यक्ष चौलागाईले प्रेस विज्ञप्ती जारी गर्दै माफी माग्न पर्ने बताएका थिए । ‘एक्कासी मलाई अपशब्द प्रयोग गर्दै गाली गलौज गर्दै, त अनुसन्धानलाई प्रभाव पार्ने को होस् त गद्धारलाई भाटा हान्छ् भनियो’ उनले विज्ञप्तिमा भनेका छन्। गाली गलौज गरी आफू बसिरहेको कुर्सीमा नै हातपात गरी निकालेको उनको आरोप छ।

तर डिएसपीले भने आफूले हातपात नगरेको, कुरा मात्रै नमिलेको बताएका छन् । शुक्रबार यसै विषयमा छलफल गरी माफी मागेको वडा अध्यक्ष चौलागाईले बताए। ‘मैले गल्ती गरेँ, आवेशमा आएर त्यसो गरेँ माफी दिनुस् भने’ अध्यक्षले डिएसपीलाई उदृत गर्दै भने।

यस बिषयमा तपाइको प्रतिक्रिया...!