पौने ३ सय वर्ष पुरानो हनुमान नाच देखाइयो

Posted on: 01 Sep, 2019

पर्वत । रामायणका चर्चित पात्र हनुमानजस्तै सिंगारिएर पर्वतका युवाले हनुमान नाच देखाएका हुन् । पौने ३ सय वर्ष पुरानो हनुमान नाच पर्वतमा पहिलो पटक नेवार समुदायले देखाएका छन् । नेपालबाटै लोप हुन लागेको हनुमान नाँच संरक्षण्मा पर्वत र बागलुङका युवाहरु जेटेका छन् । लोपोन्मुख र अनौठो प्रकारको हनुमान नाँच संरक्षणको खडेरी परिरहेको समयमा युवाहरुले हनुमान नाच देखाएका हुन् ।कम्तीमा १३ जोडी र बढीमा १५ जोडी हनुमान बनेर पँधेराबाट यो नृत्य सुरु गरेर बजार घुमाउने चलन छ । ‘अष्टचिरञ्जीवीका रूपमा हनुमानलाई पूजा गर्ने र उनैको नाच प्रदर्शन गर्दा जीवनभर शक्ति प्राप्त हुने विश्वासले यो नृत्य देखाइन्छ, ।‘दुई सय ८० वर्षअघि भक्तपुरमा मनाइने यो नाच बागलुङमा पनि संरक्षित हुन थालेको छ ।’ रामका सेवक भएकाले हनुमान नाच देखाउँदा धर्म मिल्ने, हनुमानको झंै शक्ति मिल्ने, समाजमा वीर व्यक्तिको संज्ञा पाउने र कामगर्ने जाँगर पलाउने लगायतका विश्वास गरिन्छ ।

१६ वर्षदेखि ४० वर्षका युवालाई हनुमान बनाइने र बन्नुपूर्व साता दिनसम्म युवाहरूले व्रहमचर्यमा बस्नुपर्छ । रामायणको कथामा आधारित नाँच भएकाले हिन्दुधर्म मान्ने सबैले यो संस्कृति संरक्षणमा भाग लिन्छन । नेवार समुदायको अगुवाईमा यो नाच पहिलो पटक देखाइएको हो ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!