आज हरितालिका तीज,देशभरका शिवालयमा घुइँचो

Posted on: 02 Sep, 2019

भदौ १६, काठमाडौँ | नेपाली नारीहरुले आज हरितालिका तीज पर्व मनाउँदैछन्। तीजमा पानी समेत नखाई व्रत बसेर भगवान शिवको पूजा गरिन्छ। शिवको पूजा गर्नेहरुको देशका विभिन्न भागमा पूजाआराधना गर्नेको शिवको मन्दिरमा घुइचो लागेको छ | 

तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ। तीज सम्बन्धी पौरणिक कथामा पनि हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि गरेको व्रत सफल भएको प्रसंग छ।

हिमालय पर्वतले विष्णुलाई कन्यादान दिन लागेको थाहा पाएर उनका साथीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला व्रत बसेको हुनाले यसलाई ‘हरितालिका’ व्रत भन्ने गरिएको स्कन्द पुराणमा उल्लेख छ।

भाद्र शुक्ल द्वितीयाका दिन गए राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्ती सहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । तीजको रौनकमा थप उत्साह भनेको तीजका लोक भाकाहरु अनि मौलिक सङ्गीतहरु हुन्। हरेक वर्ष सयौं तीजका नयाँ भाकाहरु आउने गर्दछन् र तीजको उत्साहमा फरक सांगीतिक हस्ताक्षर गरेर जान्छन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!