पर्वतको कुस्मामा ग्याङ्ग फाइट,२ जना घाईते

Posted on: 05 Sep, 2019


भदौं १९ गते ।  पर्वतको कुस्मामा ग्याङ्ग फाइट गर्ने १६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पर्बत कुस्मा नगरपालिकां ५ यान्त्रिकपुल नजिक सार्बजनिक स्थानमा कुटपिट गर्ने दुई समुहका १६ जना युवालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कुस्मा – ४ का सन्तोष परियार, करण गुरुङ, मुस्कान पुन, राजेश पुन, निशान पुन, हेन्सी भन्ने नबिन क्षेत्री , अनमोल कुमाल , सुदिप परियार, सुगम बोहोरा, आबिस्कार पौडेल रहेका छन । यसैगरी कुस्मा ५ का आशिस के.सी., आश्विन क्षेत्री, कुस्मा ६ का असिम पौडेल भन्ने अभिषेक पौडेल, वडा नं ७ का सुमन केसी र सुजन केसी रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनामा घाइते भएका कुस्मा वडा नं ५ बस्ने आस्विन क्षेत्री र कुस्मा ६ बस्ने आदित भण्डारी पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई १० दिनको म्याद थप गरी सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तरगत मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!