कृषि मन्त्री चक्रपाणि खनाललाई डेंगु संक्रमण

Posted on: 05 Sep, 2019

भदौ १९, काठमाडौँ | कृषि मन्त्री चक्रपाणि खनाललाई डेंगीको संक्रमण देखिएपछि बुधबार ग्राण्डी अस्पतालमा भर्नाभएका छन् |

गत शुक्रबार हेटौंडाबाट फर्किएलगत्तै रुघाखोकी लाग्ने र ज्वरो आउने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उनको रगत परीक्षण गरेपछि मन्त्रीलाई डेंगी भएको रिपोर्ट आएको उनका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए |

डेंगी भएको पुष्टी भएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको गिरीले बताए । पछिल्लो समय देशका विभिन्न भागमा डेंगीको समस्या छ। साउनयतामात्रै झन्डै २५ सय जनामा यो रोग देखिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!