भदौ २४, काठमाडौं | भक्तपुरको सूर्य विनायकबाट प्रहरीले एक थान नलकटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ | पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका–३ का ३८ वर्षीय शम्भुप्रसाद साह कानु रहेका छन् ।
भक्तपुरको सूर्य विनायक नगरपालिका–९ भातेढिकुरस्थित सडकमा सोमबार राति हिँडिरहेको समयमा शंका लागेपछि प्रहरीले उनीलाई चेकजाँच गरेका थिए । चेकजाँचको क्रममा उनको साथबाट एक थान पेस्तोल र सो पेस्तोलमा लागने ६ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
कानुलाई महानगरीय प्रहरी वृत जगाती भक्तपुरमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!