इन्द्रजात्रा हेर्न वसन्तपुर गएका पूर्वडिआइजी सहितका व्यक्ति पक्राउ

Posted on: 13 Sep, 2019

भदौ २७, काठमाडौँ | इन्द्रजात्रामा उछृंखल गतिविधि गरेको भन्दै प्रहरीले पूर्वडिआइजी विजयराज भट्टसहित केही व्यक्तिहरूलाई पक्राउ गरेको छ | काठमाडौं वसन्तपुर क्षेत्रबाट शुक्रबार कार्यक्रम बिथोल्न खोज्ने व्यक्तिहरूलाई नियन्त्रण लिने क्रममा पूर्वडिआइजी भट्ट पनि परेका हुन् |

वसन्तपुर क्षेत्रमा आयोजना भएको कार्यक्रममा उछृंखल गतिविधि भएको र कार्यक्रममै अवरोध पुग्ने भएपछि केही व्यक्तिहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। त्यस सिलसिलामा भट्ट पनि पक्राउ परेको परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए |

उनले पक्राउ परेका व्यक्तिहरूको संख्या र नाम आइनसकेको बताए। वसन्तपुर क्षेत्रमा इन्द्रजात्राका सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। पक्राउ परेकालाई पुलिस क्लवमा राखिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!