विदेशी मुद्राको भाउ बढ्यो

Posted on: 02 Oct, 2019

असोज १५, काठमाण्डौ ।  नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा तोकेको छ ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा तोकेको छ । आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ १७ पैसा रहेको छ । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा छ । यस्तै रिंगिट एकको खरिददर २७ रुपैयाँ ०४ पैसा बिक्रीदर २७ रुपैयाँ १९ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा पुगेको छ । 

कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३८ पैसा रहेको छ । बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ४८ पैसा रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!