दाङमा डुबेर दुई किशोरीको मृत्यु

Posted on: 03 Oct, 2019

असोज १६, दाङ | दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ । 

लमही नगरपालिका–९ स्थित सिमलसोता खोलामा आज पौडी खेल्ने क्रममा लमही– ९ बाङ्गेतालका १४ वर्षीया टिका घर्ती र घोराही उपमहानगरपालिका–१० नारायणपुरका १५ वर्षीया निरु बोहराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो । दुवै जनाको उपचारका लागि लमही अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!