अन्तराष्ट्रिय पर्वत सेवा समाजको अध्यक्षमा गिरी निर्विरोध

Posted on: 11 Oct, 2019


पर्वत ।  अन्तराष्ट्रिय पर्वत सेवा समाजको अध्यक्षमा पुरन गिरी निर्विरोध चयन हुनुभएको छ । समाजको दोस्रो अधिवेशनबाट उहाँ पुनः निर्विरोध चयन हुनुभएको हो ।

समाजको बरिष्ठ उपाध्यक्षमा झलक केसी, महासचिवमा गुणराज शर्मा चयन हुनुभएको छ । जन्मथलो पर्वत र रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेका प्रवासीहरुको संगठन अन्तराष्ट्रिय पर्वत सेवा समाजले जिल्लाको विकासको लागि आफूहरु लागि पर्ने बताएका छन् ।

लगानी मैत्री वातवरण स्थानीय सरकारले तयार गरे लगानी भित्राउन आफूहरु इच्छुक भएको बताएका छन् । कार्यक्रमको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!